एक खलनायकको कथा – Online Khabar


‘अरे ओ सांभा, कितने आदमी थे रे ?’

यो यति घतलाग्दो संवाद, जो आज पनि मान्छेले उत्तिकै स्वाद लिएर बोल्छन् । जब–जब मान्छेले यो संवाद बोल्छन्, उनीहरुको स्मृतिमा एक भयानक विद्रोही खलपात्रको अनुहार प्रकट हुन्छ । एक अजम्बरी खलपात्र । अर्थात गब्बर सिंह ।

आजभन्दा करिब पाँच दशकअघि प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘शोले’का यो चरित्रलाई प्राण दिने अभिनेता चाहिँ, अमजद खान ।

सिनेमा हलबाट बाहिरिसकेपछि मान्छेलाई आफुले हेरेको सिनेमाको कथा, दृश्य, संवादबारे खासै हेक्का पनि हुँदैन । तर, बर्षौंअघिको प्रदर्शित सिनेमाका पात्रले भने अझैपनि मान्छेको मन–मस्तिकलाई तरंगित गराइरहेका छन् ।

रमेश शिप्पी निर्देशित चलचित्र ‘शोले’ जब प्रदर्शनमा आयो, दर्शकमा कहिल्यै नमेटिने छाप छाड्न सफल भयो । यो चलचित्र हेरेर हुर्किएका एउटा सिंगो पुस्तालाई आजपनि यसको हरेक दृश्य अनि संवाद कण्ठस्थ छ ।

गजब त के भने, यस चलचित्रमा नायकको भन्दा शक्तिशाली संवाद खलनायकको थियो । जस्तो कि,

यहाँ से पचास पचास कोस दूर जब बच्चा रात को रोता है तो माँ कहती है सो जा बेटे नहीँ तो गब्बर आ जाएगा ।

–ये हाथ हमको दे दे ठाकुर ।

–अब तेरा क्या होगा कालिया ?

–अरे ओ सांभा, उठा बन्दुक और लगा निशाना इस कुत्ते पर ।

–गब्बर के ताप से तुम्हे एक ही आदमी बचा सकता है । एक ही आदमी, खुद गब्बर ।

–जो डर गया समझो मर गया ।

एक क्रुर, रहस्यमयी खलपात्रले यो संवाद बोलिरहँदा दर्शकको मुटुमा कम्पन छुट्छ । यस्तै संवाद र अभिनयतको जोडदार तालमेलले गब्बर सिंहलाई दर्शकले भुल्न सकेनन् ।  गब्बर सिंह अर्थात अमजद खान त्यसबेला कतिसम्म लोकप्रिय रहे भने, ब्रिटानिय कम्पनीले आफ्नो विस्कुटको विज्ञापनका लागि अमजद खानलाई छनौट ग¥यो । त्यो सायद पहिलो घटना थियो कि कुनै कम्पनीले एक खलनायकलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको ।

यो यस्तो चरित्र, जसलाई निर्माण गर्नका लागि पटकथाकारले पसिना छुटाएका थिए । शोलेका पटकथा, सलिम खान र जावेद अख्तरले लेखेका हुन् । सलिम जावेद त्यसबेलाका नामी पटकथाकार जोडी थिए । उनीहरुले एकसाथ दुई दर्जन फिल्म लेखे । अहिले उनीहरुको छोरा पुस्ताले बलिउडमा कब्जा जमाएको छ । सलिम पुत्र, सलमान र जावेद पुत्र फरहान ।

गब्बर सिंहलाई एक बिद्रोही पात्रको रुपमा चित्रण गरेको उनीहरुले बताएका छन् । खासमा यो पात्रका लागि उनीहरुले डेनी डेन्जोङ्पालाई रोजेका थिए । डेनी त्यसबेलाका सबैभन्दा चल्तापूर्जा खलनायक । तर, त्यसबेला डेनी ‘धर्मात्मा’ फिल्ममा व्यस्त थिए । आखिरमा यो मौका पाए, अमजदले ।

अमजद खासमा रंगमञ्चबाट आएका थिए । उनको पहिलो फिल्म थियो, नजनीन । त्यसो त उनले चार बर्षको उमेरमा नै बाल कलाकारको रुपमा एक फिल्म खेलेका थिए । त्यसबेलाका खलनायकको रुपमा चर्चित जयन्त खानको घरमा अमजदको जन्म भएको थियो ।

अमजद दर्शन शास्त्रमा पोस्ट ग्राजुएट थिए । शोलेलाई यदि सिनेम्याटिक मास्टरपिस मान्ने हो भने त्यसको एक अहंम हिस्स हुन् अमजद खान । नसीरुद्दीन शाहले आफ्नो पुस्तक आत्मकथा ‘एन्ड देन वन डे ः अ मेमाइर’ मा लेखेका छन्, ‘मेरो हिसाबले अमजद खान गब्बरको भूमिकामा अद्भूत थिए । तर, पुरा उद्योग के मान्थे भने फिल्मको सुरुवाती असफलता उनकै कारणले हो । उनको व्यक्तित्व, उनको आवाज सबैमा आलोचना गरिएको थियो ।’

डेनीले पनि एक अन्र्तवार्तामा भनेका छन्, ‘यदि मैले शोलेमा गब्बर सिंहको भूमिका गरेको भए भारतिय सिनेमाले अमजद खान जस्ता एक अद्भूत कलाकारलाई गुमाउथे ।’

शोले खेल्नुअघि अमजदले दुई फिल्ममा सहायक निर्देशनको काम गरिसकेका थिए । तर, उनलाई त्यसबाट सफलता मिलेन । त्यसपछि रमेश सिप्पीले अमजद खानलाई सोलेमा लन्च गरे । यो लन्चिङ यस्तो रह्यो कि, गब्बर र अमजद एकअर्काको पर्याय बने । डाकू गब्बर सिंहको कल्पना त्यो खाकी बर्दी बिन ागर्न सकिदैन । त्यो खाकी बर्दी कसैको कस्ट्युम डिजाइन थिएन, बरु स्वयम् अमजदले नै सुझाएका थिए र त्यसलाई मुम्बईको चोर बजारबाट खरिद गरिएको थियो ।

गब्बर हिन्दी सिनेमाका पहिलो खलनायक थियो, जसले नायकले जस्तो लोकप्रियता पायो । कतिले के पनि भन्छन् भने शोलेका खास खलनायक त ठाकुर थिए । उनले दुई युवालाई खडा गरेर अन्त्यमा गब्बरलाई मारिदिए ।



असली थिए गब्बर

शोलेको पात्र गब्बर सिंह वास्तवमा काल्पनिक नभई एक असली डाकुबाट प्रभावित भएर निर्माण गरिएको चरित्र थियो । किनभने वास्तवमै गब्बर सिंह गरेका एक डाकु थिए । कुनैला ति डाकु पुलिस प्रशासनको लागि टाउको दुखाई बनेका थिए ।

कुख्यात डाकु गब्बर सिंह भारतको एक गाउँमा जन्मिएका थिए । सुरुमा उनलाई गबरा नामले चिनिन्थ्यो । उनले सन् १९२६ मा आफ्नो घर र गाउँ छाडे । र, डाकृु  कल्याण सिंह गुर्जरको ग्याङमा सामेल भए । त्यहीबाट सुरु भयो गबराबाट गब्बर सिंह बन्ने कथा ।

गब्बर सिंहले केही समयमै आफ्नो छुटै गिरोह बनाए । ५० को दशकमा गब्बरको नाम आतंकको पर्याय बनेको थियो । उनी त्यसबेला कतिसम्म डरलाग्दो थिए भने, मान्छेहरु उनको नाम लिन समेत डराउथे ।

एक पटक कुनै तान्त्रिकले डाकु गब्बरसँग भने, कुल देवीलाई एक सय १६ जना मान्छेको नाक काटेर चढाउनु, पुलिसले तिम्रो केही बिगार्न सक्दैन । यसपछि उनले सैयौं मान्छेको नाक काटे, जसमा धेरैजसो पुलिस नै थिए ।

भारतको उत्तर प्रदेश र मध्य प्रदेशमा प्रहरीले उनलाई खोजिरहेको थियो । आखिर प्रहरीले त्यसबेला डाकू गब्बर सिंह पक्राउ गर्नेलाई पचास हजार इनाम दिने घोषणा गरे । ५० को दशकमा यो कुनैपनि अपराधीको शीरमा राखिएको सबैभन्दा ठूलो इनाम थियो ।

 



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0