अफगानिस्तानमा मारिएका फोटो पत्रकारले खिचेका उत्कृष्ट तस्वीर – Online Khabar


३ साउन, काठमाडौं । विश्वको प्रतिष्ठित पुलिट्जर पुरस्कार जितेका रोयटर्सका फोटो पत्रकार दानिश सिद्दिकी गत शुक्रबार अफगानिस्तानको कन्दाहार प्रान्तमा अफगानिस्तानी सेना र तालिबानबीचको युद्धको क्रममा मारिएका छन् ।

अफगानिस्तानको पाकिस्तानसँग सीमा जोडिएको बजारमा उनको मृत्यु भएको हो ।

अफगानिस्तानको एक विशेष सुरक्षाबलको समूह स्पिन बोल्डक सहरको मुख्य बजारलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउने प्रयासमा थियो । सोही क्रममा भएको गोली हानाहानमा दानिशको मृत्यु भएको हो । उक्त युद्धको क्रममा दानिश पनि अफगानी सेनासँगै थिए ।

दानिश रोयटर्सका चिफ फोटोग्राफर थिए । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सातादेखि दानिश अफगानिस्तानका विशेष टोलीसँगै कन्दाहार प्रान्तमा खटिएका थिए । त्यहाँबाट उनले अफगानिस्तानको सेना र तालिवानका लडाकुबीचको युद्धको समाचार पठाइरहेका थिए ।

सन् २०१० देखि यो रोयटर्सका लागि काम गर्दै आएका दानिशले अफगानिस्तान र इराक युद्धका साथै रोहिंग्या संकट, हङकङको प्रदर्शन, नेपालको भूकम्प, भारतको किसान/नागरिकता आन्दोलन र कोरोना महामारीको संकटको फोटो खिचेका थिए ।

दानिशलाई सन् २०१८ मा रोहिंग्या संकटको क्रममा सर्वोत्कृष्ट फोटो खिचेकोमा पुलिट्जर पुरस्कार पनि दिइएको थियो । सिद्दिकीले पहिल्लो केही समयया निरन्तर आफ्नो ट्वीटर एकाउन्टबाट अफगानिस्तानको समाचार दिइरहेका थिए । उनले गत जुलाइ १३ मा एक आक्रमणमा बल्ल बचेको बताएका थिए ।

यहाँ उनले खिचेका केही विशेष तस्वीरहरु यहाँ छन् :

सो समयमा उनले समूहिक अन्तिम संस्कारको यस्तो फोटो खिचेका थिए, जसले भारतमा कोरोना महामारीको वास्तविक तस्वीर बाहिर ल्याउन सहयोग गरेको थियो । दानिशले आफ्नो एक रिपोर्टिङमा दिल्लीका अधिकांश शवदाह गृहमा ठाउँ पाउने सम्भावना नरहेको बताएका थिए । यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
नेपालमा गएको ठूलो भूकम्पमा आफ्नो खुट्टामा चोट लागेकी बालिकाको सन् २०१५ अप्रिल २९ मा उपचारको क्रममा लिइएको तस्वीर ।
सन् २०१५ अप्रिल ३० मा भूकम्प प्रभावितहरुलाई भारतीय वायु सेनाको विमानबाट राहत पुर्‍याइँदै ।
सन् २०१७ अप्रिल २९ मा इराकको पश्चिमी सहर मोसुलमा इस्लामिक स्टेटका लडाकुमाथि ग्रिनेड फ्याँक्दै इराकी फोडेरल पुलिस ।
सन् २०१७ को सेप्टेम्बरमा म्यानमारबाट भागेर बंगलादेश आइपुगेकी थकित रोहिंग्या शरणार्थीको यो तस्वीरले विश्वव्यापी चर्चा पाएको थियो । म्यानमारमा रोहिंग्यामाथिको हिंसा बढेसँगै लाखौं रोहिंग्याहरु भागेर बंगलादेश आएका थिए ।
यो भारतमा कोरोना भाइरसको दोस्रो लहर चलिरहेको बेला लिइएको तस्वीर हो । गत अप्रिल–मेमा भारतमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको थियो । त्यतिबेला औषधि र अक्सिजनका साथै भारतमा अन्त्येष्टिको लागि पनि ठाउँ नपाउने अवस्था थियो । दोस्रो लहरको क्रममा भारतका सहरमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि यसको असर देखिएको थियो ।
यो तस्वीर दानिश सिद्दिकीले खिचेका अन्तिम तस्वीरमध्येको एक हो । यो अफगानिस्तानको कान्दाहार प्रान्तमा खिचिएको हो । यो क्षेत्रमा अहिले अफगानी विशेष सुरक्षा बल र तालिबानबीच युद्ध चलिरहेको छ ।
कोरोनाको कारण आफ्ना पिता गुमाएका छोराछोरीहरु आमालाई सम्हाल्ने कोसिस गरिरहेको यो तस्वीरमा देख्न सकिन्छ । यो तस्वीर दानिशले राजधानी सहर दिल्लीमा खिचेका थिए ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0