Facebook Allows Group Admins to Designate ‘Experts’ for Their Communities- Tech News Nepal Tech News Nepal


काठमाडाैं । फेसबुक ग्रुपमा अब एड्मिनले एक्सपर्ट छान्ने सुविधा पाउने भएका छन् । कम्पनीकाे नयाँ फिचरअन्तर्गत कुनै पनि विषयको छलफलको लागि वा कुनै विशेष प्रयोजनको लागि खोलिएको फेसबुक ग्रुपका एड्मिनले कुनै सदस्यलाई एक्सपर्ट अर्थात् विज्ञ चुन्न सक्नेछन् ।

कुनै ग्रुपमा हुने छलफलमा उक्त बिषयको बारेमा छान्ने व्यक्ति अरुभन्दा फरक देखिऊन् भन्नको लागि यो फिचर ल्याउन लागेकाे फेसबुकले जनाएको छ ।

फेसबुकले यो फिचर सुरु गर्ने घोषण गरेसँगै केही जानकारहरुले भने यसको दुरुपयोग हुने चिन्ता पनि व्यक्त गरेका छन् । फेसबुकमा धेरै अतिवादी वा षड्यन्त्रका सिद्दान्तवादीहरुले ग्रुप निर्माण गरी भ्रम सिर्जना गर्ने विषयमा छलफल गरिरहेका हुन्छन् ।

यस्तो फिचरले कोही त्यस्ता व्यक्तिलाई विज्ञको रुपमा चित्रित गरिदिँदा सामान्य प्रयोगकर्ताले झन् धेरै विश्वास गर्नसक्ने उनीहरुको चिन्ता छ । फेसबुकले भने यो फिचर तत्काल सबै प्रयोगकर्तामाझ सुरु नगरिने र केही सीमित फेसबुक पेजमा परीक्षण गरेर यसमा आवश्यक सुधार गरिने जानकारी दिएको छ ।

फेसबुकले ग्रुप एड्मिनले विज्ञ अर्थात् एक्सपर्ट चुनेको व्यक्तिबारे पछिल्ल्ला ९० दिनमा तीनभन्दा बढी उजुरी परे त्यस्ता व्यक्तिलाई एक्सपर्टको रुपमा चुन्न नसकिने व्यवस्था गर्ने जनाएको छ ।

कुनै पनि समूहमा हुने छलफलमा वास्तविक रुपमा ज्ञान भएका व्यक्तिलाई प्रवर्द्धन गर्नका लागि यस्तो फिचर सुरु गर्न लागिएको फेसबुकले जनाएको छ । फेसबुक ग्रुपमा हाल संसारभर ७ करोड भन्दा बढी एड्मिन र मोडरेटर रहेको फेसबुकको तथ्यांक छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0