आईफोनका लागि एप्पलले ल्यायो म्याग्नेटिक ब्याट्री प्याक, यसरी गर्छ काम


काठमाडौं । एप्पलले आईफोन १२ सिरिजका लागि ‘म्यागसेफ ब्याट्री प्याक’ सार्वजनिक गरेको छ । ९९ डलर मूल्यमा सार्वजनिक भएकाे यो चुम्बकीय ब्याट्री एप्पलको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।

याे पावर बैंकजस्तै रिचार्जेबल ब्याट्री ब्याक हाे । तर यसले वायलेस रिचार्जकाे सुविधा दिन्छ, जुन आईफोनको पछाडि अट्याच गरिन्छ । यसले म्यागसेफ सपाेर्ट गर्ने आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो, र आईफोन १२ प्रो म्याक्समा काम गर्ने बताइएको छ ।

यो प्याक सिंगल साइजमा उपलब्ध छ, जसमा १४६० एमएएचको ब्याट्री दिइएको छ । यसको अर्थ यसले आईफोनलाई फुल चार्ज भने गर्न सक्दैन । जब याे प्याक आईफोनमा कनेक्ट गर्नुहुन्छ, यसले ५ वाटसम्मको चार्ज गर्छ । तर पावर डेप्टरमा यसलाई प्लगइन गर्दा १५ वाटसम्मको चार्जिङ स्पिड हुने उल्लेख गरिएकाे छ ।।

यो आईफोन १२ का फाेन चार्ज गर्न छिटाे तरिका नभएपनि विकल्पका रूपमा सहयाेग गर्नेछ । एप्पलको अफिसियल सपोर्ट डकुमेन्टका अनुसार यो ब्याट्री प्याक प्रयोग गर्न तपाईंलाई आईओएस १४.७ आवश्यक पर्छ ।

यसले सुरक्षित र विश्वसनीय वायरलेस चार्जिङ गर्ने कम्पनीकाे दाबी छ ।

The post आईफोनका लागि एप्पलले ल्यायो म्याग्नेटिक ब्याट्री प्याक, यसरी गर्छ काम appeared first on Tech News Nepal.



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0