एप्पलका सह-संस्थापक भन्छन्, ‘प्रयोगकर्तालाई उपकरण मर्मतको अधिकार दिनुपर्छ’


काठमाडौं । कम्पनीको विरोधका बावजुद एप्पलका सह-संस्थापक स्टिभ वोज्नियाकले ‘राइट–टु–रिपेयर’ अभियानकाे समर्थन गरेका छन् । आफूले किनेको डिभाइस आफैंले मर्मत गर्न पाउनुपर्ने मागका साथ हाल युरोप लगायतका धेरै मुलुकमा यो अभियान चलिरहेको छ ।

लामो समयदेखि यस्ताे अभियान चलिरहे पनि एप्पलसहित धेरै उपकरण निर्माताकाे विराेध रहँदै आएकाे छ । विरोधकर्ताहरुले आफूले किनेको डिभाइस आफैंले मर्मत गर्न पाउनुपर्ने भनी माग राख्दै आएका छन् । उनीहरुले कानूनमार्फत नै यो अघिकारलाई सुनिश्चित गर्नुपर्ने बताउँदै आएका छन् ।

यसैबीच वोन्जियाकले कम्पनीको विरोधका बावजुद उक्त अभियानलाई समर्थन गरेका हुन् । बीचमा व्यक्तिगत व्यस्तताका कारण अभियानकाे विषयमा जानकारी नभएता पनि अब भने उक्त अभियानमा आफ्ने पूर्ण समर्थन रहेको जनाएका छन् । उनले उक्त अभियानका युट्युव च्यानलसमेत सब्सक्राइब गरेको बताएका छन् ।

उनले सानो हुँदा आफूले आफूसँग भएका टिभी लगायतका उपकरण मर्मत गर्ने गरेको बताए । त्यसैले आफ्नो उपकरण आफैंले मर्मत गर्न पाउनुपर्ने उनले बताएका छन् । त्यति मात्रै नभएर उनले हाल कतिपय कम्पनीले सबै कुरामा प्रयोगकर्तालाई नियन्त्रण राख्नका लागि मर्मत गर्ने अघिकारसमेत नदिएको बताएका छन् ।

‘कम्पनीले आफैंले मर्मत गर्दा प्रयोगकर्तामाथि सधैं नियन्त्रर्ण गर्न पाइन्छ भन्ने कम्पनीहरुकाे धारण छ,’ उनले भने, ‘तर, कुनै व्यक्तिले किनेको उपकरणको उसको अधिकार हो । त्यो हुँदा व्यक्ति आफैंले मर्मत गर्न चाहेको खण्डमा पाउनुपर्छ ।’





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0