दिलीपकुमारः गुपचुप महानायकको गाथा – Online Khabar


मेला, शहीद, अंदाज, आन, देवदास, नया दौर, मधुमती, यहूदी, पैगाम, मुगल ए आजम, गंगा जमना, लीडर तथा राम और श्याम जस्ता फिल्मबाट अभिनेता दिलीप कुमार लाखौं युवा दर्शकको प्रिय बने । अहिलेसम्म करोडौंले पर्दामा उनको चमत्कारी अभिनया कला साक्षतकार गरिसकेका छन् ।

सभ्य, सुसंकृत, कुलीन यस अभिनेताले रंगीन र रंगहीन (श्यामश्वेत) सिनेमाको पर्दामा आफुलाई थरीथरी रुपमा पेश गरे । असफल प्रेमीको रुपमा उनले विशेष ख्याती पाए, तर यस पनि सिद्ध गरेका कि हास्य भूमिकामा समेत उनी कुनै कम छैनन् । उनी ट्रेजेडी किङकै रुपमा बढी कहलिए ।

उनको गन्ती अति संवेदनशिल कलाकारमा गरिन्छ, तर दिल र दिमागको सामञ्जस्यका साथ उनले आफ्नो व्यक्तित्व र जीवनलाई बदले ।

उनी आफैमा सेल्फमेडमेन (स्वनिर्मित मनुष्य)को जिउँदो जाग्दो उदाहरण थिए । उनको निजी जीवन सधै कौतुहलताको विषय रह्यो । जसमा दिनहुँको सुखदुःख, उतार-चढाव, मिलन विछोड, प्रेम घृणा सामेल थियो । दिलीप कुमारलाई साहित्य, संगीत र दर्शनको अभिरुचीले गंभिर र प्रभावशाली हस्ती बनाइदियो ।

२५ बर्षको उमेरमा नै दिलीप कुमारले आफुलाई ‘नम्बर वान’ अभिनेतामा स्थापित गरे । त्यो  भारत स्वन्त्रतको उदयकाल थियो । चाडै नै राजकपूर र देव आनन्दको अगमनले ‘दिलीप-राज-देव’को प्रशिद्ध त्रिमूर्ति निर्माण भयो । यी नयाँ अनुहार आम सिने दर्शकका लागि मोहक बने ।

२५ बर्षको उमेरमा नै दिलीप कुमारले आफुलाई ‘नम्बर वान’ अभिनेतामा स्थापित गरे । त्यो  भारत स्वन्त्रतको उदयकाल थियो । चाडै नै राजकपूर र देव आनन्दको अगमनले ‘दिलीप-राज-देव’को प्रशिद्ध त्रिमूर्ति निर्माण भयो । यी नयाँ अनुहार आम सिने दर्शकका लागि मोहक बने । यसअघिका अधिकांश अभिनेता प्रौड देखिन्थे, सुरेन्द्र, प्रेम, अदीब, मोतिलाल आदि ।

दिलीप कुरामा प्रतिष्ठित फिल्म निर्माण संस्था बम्बे टकिजको उपज हुन्, जहाँ देविका रानीले उनलाई काम र नाम दिए । त्यही उनी यूसुफ सरवर खानबाट दिलीपकुमार बने । अशोक कुमार र शशधर मुखर्जीले फिल्मस्थानको फिल्मबाट दिलीप कुमारको करियरलाई सही दिशामा अगाडि बढाए ।

यसैगरी नौशाद, मेहबूब, बिमल राय, के. आसिफ र दक्षिण भारतका एसएस वासनले दिलीप कुमारको प्रतिभालाई उजागर गर्दै क्लासिक फिल्म दिए । ४४ बर्षको उमेरमा अभिनेत्री सायरा बानोसँग विवाह गर्दासम्म दिलीप कुमारले ति सबै फिल्म गरिसकेका थिए, जसले आज उनलाई अजम्बरी राखेका छन् ।

पछि दिलीप कुमारले कहिले काम र कहिले विश्रामको कार्यशैली अपनाए । आफ्नो प्रतिष्ठा र लोकप्रियतालाई दिलीप कुमारले कहिले पनि पैसा कमाउने माध्याम बनाएनन् ।

मान सम्मानका महानायक

आज धेरैलाई यस कुरामा आश्चर्य लाग्न सक्छ कि  यस महानायकले किन केवल ५४ वटा मात्र फिल्म खेले । यसको जवाफ के भने, उनी सधै आफ्नो छवीलाई ध्यानमा राखेर अभिनय क्षमतालाई कायम राख्थे । उनी खासमा एक साधक थिए । कुशल अभिनेता थिए । उनी केवल आफ्नो भूमिकालाई सशक्त बनाउन जोड गरिरहन्थे । सुपरस्टार, मेघास्टार बन्ने दौडमा लागेका थिएनन् ।

दिलीप कुमारलाई भारत सरकारले सन् १९९१ मा पद्यमभूषणको उपाधिले सम्मान गर्‍यो । साथै सन् १९९५ मा फिल्मको सर्वोच्व सम्मान ‘दादा साहब फाल्के अवार्ड’ पनि प्रदान गरे । पाकिस्तान सरकारले पनि उनलाई सन् १९९७ मा ‘निशान ए इम्तियाज’ दिए, जो पाकिस्तानको सर्वोच्व नागरिक सम्मान हो ।

सन् १९५३ मा फिल्म फेयर पुरस्कारको श्रीगणेशसँगै दिलीप कुमारलाई फिल्म ‘दाग’का लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार दिइयो । आफ्नो जीवनकालमा दिलीपकुमारले कुल आठ फिल्म फेयर सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिे । जो आफैमा एक किर्तिमान थियो । अन्तिम पटक उनले सन् १९८२ मा उनले फिल्म ‘शक्ति’का लागि यो इनाम दिएको थियो । यसैगरी सन् १९९३ मा राज कपूरको स्मृतिमा फिल्मफेयरले नै उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दियो ।

साहित्यमा झुकाव

एनका दाजु कवि थिए । उनीसँग अंग्रेजी साहित्यका अनेक पुस्तक थियो । यही कारणले दिलीप कुमारले शेक्सपइर, बर्नाड शा, मोपासा, डिकेन्स आदिलाई पढ्ने मौका पाए । यससँगै उनको साहित्यप्रति गहिरो अनुराग पैदा भयो ।

दाई दुर्घटनामा परेपछि दिलीप कुमारको परिवार मुम्बईमा सरे । सुरुमा उनीहरु भाडाको घरमा बसे, पछि आफ्नै घर बनाएर त्यसमा सरे । दिलीप कुमारले त्यहीबाट आफ्नो पढाई जारी राखे ।

यससँगै उनमा अंग्रेजी र उर्दू साहित्यप्रति लगाव बढ्यो । यद्यपि पिताको इच्छा अनुसार उनले विज्ञान संकायमा भर्ना भए । कलेजमा पढ्दै गर्दा पनि उनी पुस्तक पढ्ने र फूटबल खेल्ने काममा बढी अभिरुची राख्थे ।

त्यसबेला उनी फूटबलको चर्चित खेलाडी समेत भइसकेका थिए । यद्यपि उनको पि्रय खेल भने क्रिकेट थियो ।

देविका रानीसँग भेट

पिताको व्यवसाय धराप भएपछि उनले कलेजको पढाई अधुरै छाडे । उनले आर्मी क्यान्टिनमा सामान्य जागिरसँगै फलफूलको व्यवसाय जारी राखे । अंग्रेजी भाषामा राम्रो ज्ञान भएकाले बि्रटिश सैनिकसँग घुलमिल हुन्थ्यो र उनीहरुसँग फूटबल खेल्न जान्थे ।

उनी कमाउँथे र घरमा पैसा पनि पठाउँथे । त्यही बखत उनको एक युवतीसँग प्रेम भयो । त्यसको ६ महिनापछि उनी पुणेबाट फर्किएर मुम्बई आए । बुवाले उनलाई पारिवारिक मित्र डा. मसानीकहाँ पठाए ।

डा. मसानीलाई थाहा थियो कि दिलीप कुमारलाई उर्दू राम्ररी आउँछ । साथै उनलाई साहित्यमा पनि रुची छ । यसैले उनलाई देविका रानीसँग भेट्न सल्ला थिए, जो त्यसबेला बम्बे टकिज संचालन गर्थे । बम्बे टकिज त्यसबेला प्रशिद्ध फिल्म निर्माण संस्था थियो । डा. मसानी देविका रानीका पनि पारिवारिक चिकित्सक थिए ।

दिलिप कुमारले देविका रानीसँग भेट गरे र आफुलाई लेखकको रुपमा राख्न अनुरोध गरे । तर, देविकाले उनलाई लेखकको रुपमा नियुक्त गरेनन् । उनको व्यक्तित्व हेरेर उनलाई अभिनेताको रुपमा नियुक्त गरे, मासिक एक हजार पारिश्रमिक दिने सर्तमा ।

देविका रानीले नै उनलाई ‘दिलिप कुमार’ नाम राख्न अनुरोध गरेका थिए । त्यसअघि उनको नाम यूसुफ खान थियो ।

गुपचुप हिरो

दिलिप कुमारले बम्बे टकिजमा काम सुरु गरेपनि उनले घर परिवारलाई बताएका थिएनन् कि, म अभिनेता बने भनेर । किनभने उनका परिवार त्यसबेला फिल्मप्रति खासै रुची र विश्वास गर्दैनथे । उनले आफुलाई एक विस्कुट कम्पनीमा काम गर्छु भनेर पितालाई झुट बोलो । पिताले उक्त विस्कुट नियमित आफ्नो घरमा पठाइदिन भने ।

तर, दोस्रो विश्वयुद्धको कारण खाद्यन्न संकट थियो, जबकि परिवार ठूलो थियो । बुवाको आदेशपछि दिलीप कुमार धर्मसंकटमा परे ।

पछि उनकै साथीले एक फिल्म ‘ज्वारभाटा’ को पोस्टर टाँस्ने क्रममा दिलिप कुमारको बुवाले देखे । उनले सुरुमा त आफ्नो छोरो हो भनेर पूर्णत पहिचान गर्न सकेनन् । तर, पछि पोल खुल्यो, त्यो उनकै छोरो थियो । छोराले झुट बोलेर फिल्म क्षेत्रमा लागेको थाहा पाएपछि उनी केही समय दुःखी भए । यद्यपि पछि भने उनले छोरालाई माफ गरिदिए ।

दिलिप कुमारको फिल्म ‘शहीद’ उनी परिवारका साथ बसेर हेरिरहेका थिए । फिल्मको अन्त्यमा उनको आमा रोइन ।  छोरोलाई भनिन्, अब अन्तिममा मरेको दृश्य भएको फिल्म नखेल्नु । तर, उनले जति हिन्दी फिल्ममा मृत्युको दृश्य सायदैले दिएका छन् । त्यही कारण उनलाई ट्रेजेडी किंग भनिन्छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0