सहायक ब्राण्ड ‘डिजो’ मार्फत् आधुनिक उत्पादन ल्याउँदै रियलमी


काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सहायक ब्राण्ड ‘डिजो’ सुरुवात गर्ने भएको छ । कम्पनीले डिजो ब्राण्डअन्तर्गत स्मार्ट होम ग्याजेट, एक्सेसरिज लगायत उत्पादन ल्याउने छ ।

यसअन्तर्गत पहिलो उत्पादन आउँदो जुलाई १ मा सार्वजनिक हुने भएकाे छ । यसअघि रियलमीले अघिल्लो महिनामात्रै एआईओटीमा आधारित रहेर डिजो ब्राण्डको घोषणा गरेको थियो ।

यसअघि रियलमीले फिल्पकार्टसँग सहकार्यसमेत गरेको थियो । फिल्पकार्टमा रियलमीको प्रडक्ट एक्सक्लुसिभ रुपमा उपलब्ध गराउने सहमति भएको छ । उक्त सहमतिपछि कम्पनीले नयाँ ब्राण्डका उत्पादन पनि फिल्पकार्टमार्फत बजारमा उपलब्ध गराउन सक्ने अनुमान गरिएकाे छ ।

जुलाई १ मा के–के सार्वजनिक हुनेछ भन्ने विषय बाहिर आएको छैन । तर, हालसम्म प्राप्त जनाकारी अनुसार उक्त ब्राण्डमा यसअघि रियलमीले ल्याएको बड्स एयर २, बड्स क्यू तथा वाच २ लगायतका एक्सेसरिजलाई रि–ब्राण्ड गरिनेछ । त्यस्तै ब्लुटुथ स्पिकर, टीडब्लूएस हेडफोन, भ्याक्युम रोबट तथा दुई वटा फिचर फोन पनि सार्वजनिक हुन सक्ने अनुमान गरिएकाे छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0