महिलालाई फेसबुक म्यासेन्जरमा अश्लील फोटो र भिडिओ पठाउने व्यक्ति पक्राउ


काठमाडाैं । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरकाे दुरूपयाेग गरी अश्लील तस्विर/भिडिओ पठाउने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले गत शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. १७ डल्लु बस्ने २६ वर्षीय सानु पोडेलाई पक्राउ गरेकाे हाे ।

निज पाैडेलले एक नाबालिकाकाे फेसबुक म्यासेन्जरमा पटक-पटक अश्लील भिडिओ पठाउने तथा पीडितको अनुहार एवं अपरिचित महिलाको नग्न शरीर जोडी तस्वीर/भिडिओ पठाई दुःख हैरानी दिनुका साथै चरित्र हत्या गर्ने कार्य गरेको पाइएको साइबर ब्यूराेले जनाएकाे छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएकाे छ ।

‘तस्वीर, भिडिओ दुरुपयोग गर्ने खालका सामग्री प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएको छ,’ ब्युरोकाे सूचनामा भनिएको छ, ‘सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइए त्यस्ता गतिविधी गर्ने उपर प्रचलित कानून बमोजिम कारवाही हुँदै आएको छ ।’

यस्ता घटनासम्बन्धी प्राप्त निवेदन र उजुरीउपर निरन्तर अनुसन्धान भइरहेकाे समेत ब्यूराेले जनाएकाे छ । यो क्रम अहिलको बन्दाबन्दी, संक्रमणकालीन समयमा अझ बढी फैलिएकाले त्यस्ता कार्यहरु नगर्न/नगराउन ब्युरोले अनुरोध गरेको छ । साथै त्यस्ता गतिविधी गरेको पाइएमा विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत कारबाही हुने साे सूचनामा उल्लेख छ ।

उजुरी कसरी गर्ने ?

यदि कसैले सामाजिक सञ्जालमा यस्ता सामग्री पाेस्ट गरिरहेका छन् भने तपाईंले साइबर ब्यूराेमा उजुरी दिन सक्नुहुन्छ । अनलाइनबाटै उजुरी गर्न यस्ताे छ प्रक्रिया:

  • ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।
  • यहाँ  गरी निवेदनको नमूना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमूना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् । 
  • साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् । 
  • प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।
  • यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0