इन्टरनेटको आधा शताब्दी : यस्तो थियो पहिलो म्यासेज


काठमाडाैं । करिब ५२ वर्ष अघिको कुरा हो । क्यालिफोर्निया विश्वविद्यालय विज्ञान संकायका प्रध्यापक र उनका एक विद्यार्थीले पहिलो पटक इन्टरनेट अर्थात त्यतिखेरको ‘अर्पानेट’ मा सन्देश पठाए ।

उनीहरु थिए, लियोनार्ड क्लेनरोक र चार्ली क्लाइन । उनिहरुले सन् १९६९ को अक्टोबर २९ मा स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता बिल डुवललाई दुई अक्षरको म्यासेज ‘एलओे’ अर्थात ‘लो’ लेखेर पठाएका थिए । पुरा म्यासेज थियो ‘लग इन’ तर, कम्प्युटर क्र्यास हुँदा दुई अक्षरको सन्देश ‘लो’ पुग्यो ।

त्यहि दुई अक्षरको एलओबाट म्यासेज आदान प्रदान गरेको ५२ वर्ष हुन लागेकाे छ । अहिले इन्टरनेटको ट्राफिक अनगिन्ति छ । हरेक दिन अर्बौं ईमेलहरु पठाइन्छन् र विभिन्न विषयमा खोज हुन्छ । तर, जे सुकै होस्, त्यस समयका कम्प्युटर वैज्ञानिक दूरदर्शी थिए भन्दा फरक पर्दैन ।

सन् १९७८ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले पेन्टागनभित्र बनाइएको इन्ट्रानेट नेटवर्कमा पुहँच पाएका थिए । त्यसपश्चात कम्प्युटर वैज्ञानिक भिन्टोन सर्फ र रोबर्ट कहनले इन्टरनेटको कोर प्राटोकलमा इन्क्रिप्सन निमार्ण गर्ने सल्लाह दिए । त्यसको उद्देश्य थियो, ह्याकरलाई इन्टरनेटको पहुँचबाट टाढा राख्ने । तर, अमेरिकी गुप्तचरले त्यसमा आपत्ति जनाए । तर त्यसको कारण भने अहिलेसम्म बाहिर आएको छैन ।

आखिर त्यसैको परिणाम आज इन्टरनेट प्रयोगकर्ताले असहज पासवर्ड सम्झिनु परेको छ । त्यतिमात्रै होइन, विभिन्न चरणमा त्यसलाई सुरक्षित बनाउन पासवर्ड राख्नुपरेको छ । अझ भीपीएन प्रयोग गरेर पनि आफूले अनलाइनमा गर्ने क्रियाकलापलाई लुकाउनु परेको छ । त्यसबेलासम्म अर्पानेटकै दुनियाँ थियो ।

इन्टरनेटको विकास अपरिहार्य थियो । इन्टरनेट विश्वको अंग हुन सबै प्रकारका फरक–फरक कम्प्युटरहरु एक अर्कासँग जोडिन र कुराकानी गर्न सकिने एउटै भाषा हुन आवश्यक थियो । जसका लागि विभिन्न देशका सयौं वैज्ञानिक मिलेर ‘ओपन सिस्टम इन्टरकनेक्सन स्ट्यान्डर्ड’ बनाए । यो अति नै झन्जटिलो प्रक्रिया थियो । त्यसपश्चात सर्फ र कहनले अर्को नयाँ थालनी गरे ।

जसको नाम थियो ‘ट्रान्समिसन कन्ट्रोल प्रोटोकल’ अर्थात ‘इन्टरनेट प्रोटोकल’ जसले नियमित ईमेलजस्तै काम गर्न थाल्यो । यसले सबै म्यासेजलाई एकै ठाउँमा संकलन गर्न थाल्यो । नेटवर्कमा रहेका अन्य कम्प्युटरले त्यस्ता म्यासेजलाई चाहेको ठेगानामा पुर्‍याउने काम थाल्यो । यो निःशुल्क थियो । जसले पनि आफ्नो कम्प्युटरमा सहजै प्रयोग गर्न सक्थे । विस्तारै यसले विश्व बजारमा स्थान पायो ।

१९९६ मा आइपुग्दा विश्वभर इन्टरनेटको सर्भर संख्या ७३ हजारभन्दा बढी पुगिसकेको थियो । २२ प्रतिशत अमेरिकीहरु अनलाइनमा थिए । यसको प्रयोग बढ्दै जानु चिन्ताको विषय बन्दै ग यो । कारण थियो अश्लील सामग्रीको बढ्दो प्रयोग । जसले गर्दा अमेरिकी सरकाले सञ्चारमा सभ्यता सम्बन्धि कानुन (कम्युनिकेशन डिसेन्सी एक्ट) ल्यायो ।

जसले साइबर स्पेसमा अश्लीलता र अश्लील विषयवस्तु नियन्त्रण गर्न खोज्यो । त्यसको एक वर्ष पश्चात सर्वोच्च अदालतले स्वतन्त्र अभिव्यक्तिको आधारमा उक्त कानुनमा उल्लेख भएका केहि अंश हटाइदियो । विस्तारै इन्टरनेट विश्वको आवश्यकता बन्दै गयो । अहिले हरेक देश इन्टरनेटसँग जोडिएका छन् र विश्वको ५९.५ प्रतिशत जनसंख्या अनलाइनमा छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0