मकालु–बरुण पदयात्राको अनुभूति – Online Khabar


२९ जेठ, काठमाडौं । रसुवाका गगन राज न्यौपाने पेसाले पर्यटन व्यवसायी हुन । रसुवा टेक्स एण्ड एक्सिडेसनका संचालकमध्ये एक । तर उनी आफू पर्यटन व्यवसायी मात्रै नभएर गाइडका रुपमा पनि काम गर्छन् । भन्छन्, ‘म पर्यटन व्यवसायी मात्र होइन, आफैँ पनि पर्यटकहरूलाई गाइड गर्दै पदयात्रा गर्ने गर्छु ।’

यही मेलोमा उनी देशका विभिन्न क्षेत्रसँगै सगरमाथको क्षेत्रसम्म पदयात्रामा पुगेका छन् । ‘सगरमाथा क्षेत्र अहिलेसम्म करीब ६० पटक यात्रा तय गरिसकेँ’, उनले भने, ‘तर जीवनमा पहिलोपटक मकालु–बरुण क्षेत्र यात्रा गरेँ, त्यो पनि देशभर लकडाउन भएको समयमा ।’ उनले जेठको दोसो साता मकालु बरुण क्षेत्र यात्रा गरेका हुन् ।

चैतको अन्तिम साता उनी विदेशी पाहुनालाई लिएर सगरमाथा क्षेत्र पुगेका थिए । उनीहरुलाई काठमाडौं फर्काएर उनी सगरमाथाको प्रवेशद्वार लुक्लाबाट मकालु–बरुण यात्रामा निस्के ।

‘मकालु–बरुणको नाम त धेरै सुनेको थिएँ तर यात्रा गर्दा निकै फरक अनुभूति भयो’, उनले भने, ‘प्राकृतिक हिसाबले धनी भएर पनि मकालु–बरुण क्षेत्र सगरमाथ क्षेत्रको तुलनामा विकास र प्रविधिका हिसाबले निकै पछाडि रहेछ ।’

सामान्य तया उनी विदेशी पर्यटकहरू यात्रा गराउँदा दिनमा ६ घण्टाभन्दा बढी यात्रा तय गर्दैन तर एक्लै भएका कारण उनले १० घण्टासम्म यात्रा गरेको सुनाए ।

त्यही भएर उनले १० दिनको यात्रा ६ दिनमै सकाएर फर्कन सकेको सुनाए । सायद नौलो क्षेत्र भएर होला उनलाई दिनमा १० घन्टा हिँडेको अनुभूति भएन । सो क्षेत्रको पदयात्रामा खान र बास बस्न समस्या नभएपनि सुधार गर्नुपर्ने धेरै कुरा रहको अनुभूति उनको छ ।

पदयात्रा गर्ने स्थानमा चिन्हहरू नहँुदा समेत निकै गाह्रो भएको उनले सुनाए । ‘जे भए पनि विदेशी पाहुनाहरू सगरमाथा क्षेत्रको पदयात्रा सकेपछि अब कहाँ जानेहोला ? भनेर सोध्छन्,’ उनले भने, ‘अब भने यो क्षेत्र लैजाने मेरो प्रयास रहने छ ।’

यस्तो छ मकालु–बरुणको विशेषता

मकालु बरुण राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०४९ मा भएको हो । जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो ।

अरुण नदीको छेउछाउको उष्ण जंगलदेखि हिमालयको उच्च भागसम्म फैलिएको मकालु–बरुण राष्ट्रिय निकुञ्ज विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षित क्षेत्र हो । जुन समुन्द्री सतहबाट ८ हजार मिटरको उचाइमा छ । मकालु–बरुण राष्ट्रिय निकुञ्ज २ हजर ३३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यस निकुञ्जभित्र मकालु हिमाल (८ हजार ४६३ मिटर अग्लो) लगाएत ७ हजार ३१९ मिटर अग्लो चाम्लाङ्ग हिमाल , ७ हजार १२९ मिटर अग्लो बरुन्त्से हिमाल, ६ हजार ६५४ मिटर अग्लो मिरा पिक लगायतका हिमालहरू छन ।

तस्विहरू : गगन राज न्यौपाने

लुक्ला बजारदेखि केही माथि रहेको गुम्बा ।
काठको पुल तरेर कोथे जाँदै पदयात्री ।
चौरे नजिकै रहेको काठको पुल ।
चौरे गाँउ ।
चौरे नजिकै रहेको गुम्बा ।
नौले पिक ।
मेरा पिक आधारशिवीरबाट देखिएको मनोरम दृश्य ।
मेरा पिक आधारशिवीरबाट देखिएको मनोरम दृश्य ।
मेरा पिक आधारशिवीरबाट देखिएको मनोरम दृश्य ।
खहरे गाँउ ।
खहरे गाँउलाई पृष्ठभूमीमा राखेर तस्विर खिचाउँदै गगन राज न्यौपाने ।
तामा पोखरी ।
थाङनाङ गाँउ ।
पदयात्रामा बाटोमा फूलेका फूल ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0