नेपाललाई खोप सहयोग उच्च प्राथमिकता राख्न बेलायतका १६ सांसदको आग्रह – Online Khabar


२५ जेठ, काठमाडौं । बेलायतका १६ सांसदहरुले नेपाललाई खोप उपलब्ध गराउने विषय उच्च प्राथमिकतामा राख्न त्यहाँको विदेश मन्त्रालयको ध्यानाकर्षण गरेका छन् ।

विदेश सचिवलाई एक संयुक्त पत्र लेख्दै उनीहरुले खोपका साथै अन्य विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गर्न समेत आग्रह गरेका छन् । यस अगाडी बेलायतको संसदमा नै नेपालमा कोरानाको महामारीको बारेमा छलफल भएको थियो ।

सांसदहरुले नेपाल सरकारले यस अगाडी नै बिभिन्न स्वास्थ्य सामाग्रीहरुको आग्रह गरेपनि त्यसको सम्बोधन नभएको समेत उल्लेख गरेका छन् ।

उनीहरुले नेपालको आवश्यकतलाई आपत्कालिन मागको रुपमा लिन समेत आग्रह गरेका छन् । उनीहरुले नेपाललाई कोभिड सहयोग तत्काल घोषणा गर्न र कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0