अमेजन, रेडिट जस्ता विश्वका ठूला वेबसाइट नै डाउन


काठमाडौं । विश्वका धेरै जसो ठूला वेबसाइट डाउन भएका छन् । जसमा अमेजन, रेडइट, ट्विच लगायतका वेबसाइट रहेका छन् । त्यतिमात्रै नभए बेलायत सरकारका सम्पूर्ण वेबसाइट समेत बन्द भएका छन् ।

साथै विश्वका ठूला सञ्चार माध्यमका वेबसाइटमा पनि समस्या आएको छ । बीबीसीको यूके भर्सनको वेबसाइट बन्द भएको छ । अन्य मिडियाका साइट पनि बन्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।

त्यस्ता वेबसाइटमा हाल ‘इरर ५०३ सर्भिस अनअभाइलेबल’ भनेर म्यासेज डिस्प्ले भइरहेको छ । यसको एकिन कारण भने हालसम्म बाहिर आइसकेको छैन । तर, प्रारम्भिक अनुमान अनुसार यो फास्टलीमा आएको समस्या हो । फास्टली क्लाउड कम्प्युटिङ सर्भिस प्रोभाइडर हो । जसमा धेरै विश्वका कयौं ठूला वेबसाइट होस्ट गरिएका छन् ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0