चुरे दोहनविरुद्ध प्रर्दशन गर्ने नेविसंघका ९ जना नेता गोंगबुबाट पक्राउ – Online Khabar


२३ जेठ, काठमाडौं । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका नौजना नेता तथा कार्यकर्ताहरु गोंगबुबाट पक्राउ परेका छन् ।

सरकारले ल्‍याएको चुरे नीति गलत भएको भन्‍दै त्‍यसविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई  प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् ।

चुरे दोहन, बहुल राष्ट्रिय राज्य र पेट्रोलियम पदार्थमा भएको मूल्‍यवृद्धि विरुद्ध प्रदर्शन गरेको संघका महामन्त्री दीपक भट्टराईले बताए ।

उनले भने, ‘ ‘चुरेको गिट्टी, प्रभूलाई भेटी’, ‘चुरे बचाऔं, संस्कृति जोगाऔं’ लगायतको पम्प्लेट देखाएर प्रदर्शन गर्दा प्रहरीले हामीलाई पक्राउ गर्‍यो ।’

उनीहरुलाई अहिले चक्रपथस्थित पहरी चौकीमा राखिएको छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0