‘मोबाइल सेवामा मात्रै होइन, नेपालमा आउने इन्टरनेटमा पनि डुओपोली छ’


काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले नेपालमा भित्रिने इन्टरनेटमा डुओपोली भइरहेको गुनासो गरेका छन् । टेकपाना मिडियाको आयोजनामा शनिबार भएको दूरसञ्चार नीतिगत श्रृंखला कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले इन्टरनेट ब्याण्डविथका लागि दुईवटा सेवाप्रदायकसँग निर्भर बन्दा चुनाैती देखिएकाे भनाइ राखे ।

‘मोबाइल सेवामा मात्रै होइन, नेपालमा आउने इन्टरनेटमा पनि डुओपोली भइरहेको छ । नेपालमा भारतका टाटा र एयरटेलबाट मात्र इन्टरनेट आइरहेको छ । हामीले ल्याउने ब्याण्डविथ सीमित प्रदायकबाट ल्याउँदा इनपुट कस्ट बढ्न जान्छ,’ उनले भने ,।

उनले अगाडि भने, ‘भारतमै ७/८ सेवाप्रदायक छन् । चीनमा ३/४ वटा सेवाप्रदायक छन् । उनीहरुलाई नेपालमा आएर व्यवसाय गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।’

माेबाइल डेटामा दक्षिण एसियामा नेपालको इन्टरनेट धेरै महंगो देखिए पनि फिक्स्ड ब्राेडब्याण्डमा नेपालकाे अवस्था राम्राे रहेकाे उनले बताए ।

‘पर क्यापिटा जिएनआईको नोभेम्बर २०२० को आईटीयू प्रक्षेपण २०२५ को टार्गेट हामीले अहिले नै पुरा गरिसकेका छौं । हाम्रो देशमा गरिबीको रेखामुनी धेरै मानिस छन् । डिजिटल पहुँच हुने र नहुनेको याे अन्तर पुर्न हामीले धेरै चिज गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

आईटीयूले ल्याएकाे नयाँ अवधारणा अनुसार नेपालले पनि समुद्री पहुँचमा आफ्नो अधिकार राख्नुपर्नेमा उनले जाेड दिए । ‘भारतसँग कुरा गरेर हामीले आफ्नै समुद्री पहुँच बनाउन सक्छौं,’ उनले भने ।

इन्टरनेट सेवामा करकाे संरचना उच्च भएपनि नेपालका सेवाप्रदायककले सस्ताे मूल्यमा इन्टरनेट दिइरहेकाे उनले दाबी गरे ।

The post ‘मोबाइल सेवामा मात्रै होइन, नेपालमा आउने इन्टरनेटमा पनि डुओपोली छ’ appeared first on Tech News Nepal.



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0