इजरायल–प्यालेस्टाइन युद्धको अपराध छानविन गर्ने प्रस्तावमा नेपाल तटस्थ – Online Khabar


१४ जेठ, काठमाडौं । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भएको सम्भावित अपराधको छानविन गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपाल तटस्थ बसेको छ ।

गाजा क्षेत्रमा भएको द्वन्द्वका क्रममा युद्ध अपराध भएको हुनसक्ने राष्ट्रसंघको अनुसन्धानपछि छानविनमा जाने कि नजाने भन्ने सम्बन्धमा मतदान भएको थियो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले छानविन गर्ने प्रस्ताव मतदानबाट पारित गरेको छ । पक्षमा २४ भोट र विपक्षमा ९ भोट परेको थियो । नेपालसहित १४ मुलुक अनुपस्थित भए ।

दुई पक्षबीच भएको ११ दिने युद्धमा प्यालेष्टाइन तर्फ २४८ जनाको मृत्यु भएको थियो भने इजरायलतर्फ १२ जना मारिएका थिए ।





यो पनि पढ्नुहोस
के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?






यो पनि पढ्नुहोस
इजरायल–प्यालेस्टाइन द्वन्द्व : कुन देश कसको पक्षमा ?



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0