भोलिदेखि यी तीन ईकमर्स साइटबाट खाद्य वस्तु अर्डर गर्न सकिने


काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लागू हुने भएको छ । किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत बन्द गर्न जिल्ला प्रशासन काठमाडौंले निर्देशन दिएको छ ।

यो अवस्थामा उपभोक्तालाई खाद्यवस्तु आवश्यक परे नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीनवटा ईकमर्स साइटबाट अर्डर गर्न मिल्ने व्यवस्था गरेकाे छ ।

यी ईकमर्स पोर्टलमार्फत अर्डर गरी कम्पनीवाट बिक्री भइरहेका खाद्य लगायतका अत्यावश्यक वस्तुहरु आफ्नै घर दैलोमा प्राप्त गर्न सक्नेछन् ।

अनलाइन अर्डर गर्ने पोर्टल र सेवा उपलब्ध हुने क्षेत्र :

१. खाद्य व्यवस्था तथा व्यापार कम्पनी – (nepalfood.gov.np) काठमाडौं उपत्यकाको चक्रपथभित्र

२. सस्तोडिल प्रालि – (sastodeal.com) (काठमाडौं उपत्यकाभर

३. मकन्डो नेपाल प्रालि – (mukundo.com) काठमाडौं उपत्यकाभर

No description available.





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0