चिनियाँ अनियन्त्रित रकेट आज पृथ्वीमा खस्ने अनुमान, के मानव जीवनमा क्षति पुग्ला ?


काठमाडौं । ११० फुट लम्बाई भएको अनियन्त्रित चिनियाँ रकेट शनिबार अर्थात् आज पृथ्वीमा प्रवेश गर्ने अमेरिकी स्पेस कमाण्डको अनुमान छ । २२ मेट्रिक टनको उक्त रकेटले मानव जीवनमा न्यून क्षति गर्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

पृथ्वीमा प्रवेश गरेको केही घण्टा नबितेसम्म रकेटको पाटपूर्जा कुन स्थलमा खस्छ भन्ने कुरा यकिनका साथ भन्न नसकिने बताइएको छ । तर उक्त चिनियाँ लङ मार्च फाइभबी रकेट समुद्रमा खस्ने अनुमान गरिएको छ । 

चीनले रकेटलाई नियन्त्रण गर्न नसकिने किसिमले निर्माण गरेको थियो ।  रिपोर्टका अनुसार उक्त रकेटले भूमध्यरेखादेखि ४१.५ डिग्री छड्के डायग्नकल्ली पृथ्वीको परिक्रमा गरिरहेको बताइएको छ ।

जसको अर्थ यो पृथ्वीको अधिकांश हिस्सा हुँदै गुज्रिनेछ । यसले दक्षिणमा चिल्लीदेखि न्यूजिल्याण्डको आधा हिस्सादेखि उत्तरमा न्यूयोर्क र मड्रिड सहरलाई पनि समेट्नेछ ।

तर रकेटले कुनै क्षति निम्त्याएको अवस्थामा चीनले त्यसको भुक्तानी गर्नुपर्ने उसले बताएको छ । 





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0