पीपीई बनाउन समेत प्रयोग हुने प्राकृतिक रबर संकटमा – Online Khabar


२१ वैशाख, काठमाडौं । प्राकृतिक रबरको एक खास विशेषता भनेको नै मजबुती, लचिलोपना र पानीबाट नबिग्रनु हो । यो हाम्रो गाडीको टायर बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो । यसैबाट हाम्रो जुत्ताको सोल पनि बन्ने गर्छ ।

इन्जिन र रेफ्रिजेरेटरको सिल बनाउन होस् वा तार र बिजुलीको दोस्रो कम्पोनेन्टको इन्सुलेट गर्नको लागि होस् । रबरको नै प्रयोग गर्ने गरिन्छ । यसको विकल्प पनि छैन । कण्डम बनाउन होस् या कपडा, स्पोर्टस् बल र सामान्य इलास्टिकसम्म बनाउन पनि यसैको आवश्यकता पर्ने गर्छ ।

पछिल्लो एक वर्षको समयमा यसको माग तीब्र रुपमा बढेर गएको छ । कोरोना संक्रमणबाट बच्नको लागि डाक्टर र नर्सहरुले प्रयोग गर्ने पीपीई किट समेत यसैबाट बन्ने गर्छ । रबर हाम्रो जीवनशैलीसँग यति धेरै जोडिइसकेको छ कि रबरलाई युरोपियनहरुले अत्यावश्यक एवं अतिमहत्वपूर्ण कच्चा वस्तुको सूचीमा राखिसकेका छन् ।

तर दुर्भाग्य अहिले दुनियाँमा यसको कम उत्पादनको संकेत देखिन थालेको छ । विभिन्न स्वास्थ्य समस्या, जलवायु परिवर्तन र रबरको घट्दो मूल्यका कारण यसको उत्पादन र व्यापारलाई खतरामा पारेको छ ।

प्राकृतिक रबरमाथि किन बढ्दैछ संकट ?

एउटा जिज्ञासा आउँछ कि यति महत्वपूर्ण वस्तुमाथि खतरा किन आउँछ ? दुनियाँभरमा हरेक वर्ष २ करोड टन प्राकृतिक रबरको व्यापार हुने गर्छ । यस रबरको उत्पादन असंगठित एवं साना किसानहरुले गर्ने गर्छन् । यो उष्णकटिबन्धीय वनहरुमा जमिनको सानो सानो टुक्रामा रबरको रुख हुर्काउने गर्छन् । थाइल्याण्ड, इण्डोनेसिया, चीन र पश्चिम अफ्रिकामा लाखौं कामदारहरु रबर उत्पादनमा लागेका छन् । यो काम ठूलो सावधानीका साथ गर्नुपर्ने हुन्छ ।

रबरको रुखको बोक्रमा चिरा पार्ने गरिन्छ जसबाट निस्कने दूधालु तरल पदार्थलाई जम्मा गरिन्छ । फेरि यसलाई कुनै भाँडोमा राखेर घाममा सुकाउने गरिन्छ । यसरी किसानले दुनियाँमा उत्पादन हुने ८५ प्रतिशत हिस्सा उत्पादन गर्ने गर्छन् । तर अहिले यो उत्पादनमाथि संकटको बादल मडारिन थालेको छ । किनकि ब्राजिलको वर्षा वनमा पैदा हुने स्वदेशी रबरलाई व्यावसायिक रुपमा उत्पादन गर्न छाडिएको छ ।

दक्षिण अफ्रिकाको वनस्पतिमा देखिने झुलसा भन्ने रोगले १९३० मा यहाँको रबर उद्योगलाई ठूलो क्षति पुर्‍याएको थियो । अहिले कडा क्वारेन्टिन नियमका कारण यो रोगलाई दक्षिण अमेरिकासम्म मात्रै सीमित राख्न सहयोग मिलेको छ ।

रबरको उल्लेख्य माग तर किसानको कमाइ न्यून

तर, ब्राजिलको बाहिर अन्य देशहरु रबर उत्पादकहरु अहिले पनि स्थानीय रोगबाट ग्रसित छन् । जस्तो ह्वाइट रुट डिजिजको खतरामा अधिकांश रबर उत्पादकहरु परेका छन् । केही यस्ता समस्या पनि रबर उत्पादकले भोग्नु परेको छ जुन प्लान्टेसनबाट आउने गर्छ । थाइल्याण्डमा रबर उत्पादनमा जलवायु परिवर्तनको मार पनि परेको छ ।

हालका वर्षहरुमा रबरको उत्पादन कहिले सुख्खा त कहिले बढी वर्षाको मारमा पर्ने गरेको छ । वर्षाका कारण धेरै ठाउँमा यसको किटाणु फैलिने गरेको छ । अहिले जसरी रबरको बढ्दो माग र आपूर्तिमा भएको कमी किसानहरुको लागि भने फाइदाको कुरा हुन सक्छ ।

यस्तो स्थितिमा रबर उत्पादकले राम्रो मूल्य पाउन सक्छन् । तर यस्तो हुँदैन । रबरको मूल्य थाइल्याण्डभन्दा पर शंघाई फ्युचर एक्सचेन्जमा तय हुने गर्छ । जहाँ व्यापारीहरुले सुन, आल्मोनियम र इन्धनको साथसाथ यसको पनि मूल्यमा दाबी गर्ने गर्छन् ।

रबर खरिद गर्ने कम्पनी हेल्शन एग्रीका सह–संस्थापक रोबर्ट मेयर भन्छन्, ‘रबर उत्पादन लागतको यसको मूल्यसँग कुनै सरोकार हुँदैन । यस प्रणालीको कारण रबरको मूल्य एक महिनामा तीन पटकसम्म बढ्न सक्छ ।’

तर हालसालैका वर्षहरूमा यसको मूल्य एकदम कम स्तरमा राखिएको छ । यस अवस्थाले रबरको आपूर्तिमा थप संकट खडा गरेको छ । मेयरका अनुसार साना किसानहरूले मूल्यमा बढोत्तरी नहुँदा किसानहरु बढीभन्दा बढी उत्पादनमा जोड दिन्छन् ।

किसानहरूले रूखभन्दा बढी दूधालु पदार्थ निकाल्नमा जोड दिने गर्छन् । यस कारणले गर्दा यी रबरका रूखहरू कमजोर हुन्छन् र तिनीहरूमा रोगको सम्भावना बढी हुन्छ । रबरको कम मूल्यका कारण पुराना रूखहरू कमजोर भएर ढलेपछि नयाँ रुख लगाउन किसानले पनि ध्यान दिन छाडेको अवस्था छ ।

सस्तो मूल्यका कारण धेरै किसानहरूले त रोपेका बिरुवाबाट समेत रबर उत्पादन गर्न छाडिसके । वेल्सको बेंगोर विश्वविद्यालयका इलेनोर वारेन थोमस भन्छन्, ‘एक एकड जमिनमा लगाएको पाम आयलले रबरको जति नै आम्दानी हुने गर्छ । तर रबर उत्पादनमा अधिक लागत लाग्ने गर्छ । एकातिर रबरको मूल्य घट्दै छ भने यसको उत्पादकहरु अब पाम तेल उत्पादनतिर आकर्षित हुने गरेका छन् ।

सजिलो छैन रबर समस्याको समाधान

यस समयमा प्राकृतिक रबरको माग अनुसार यो पूरा भइरहेको छैन । २०१९ को अन्त्यमा इन्टरनेशनल ट्राईपारटाइट रबर काउन्सिलले २०२० मा ९ लाख टन अर्थात् कुल उत्पादनको सात प्रतिशतको रबर अभाव हुनसक्ने उल्लेख गरेको छ ।

तर यसको पछि कोरोना महामारीका कारण लकडाउनको कारण यात्रा बन्द भएकोले टायरहरूको लागि रबरको माग कम भएको थियो । तर चाँडै यसको माग बढ्न थाल्यो ।

लकडाउन समाप्त भएपछि चीनमा मानिसहरूले सार्वजनिक यातायातमा यात्रा गर्नबाट जोगिन ठूलो संख्यामा नयाँ कारहरू खरिद गरे । जसले गर्दा रबरको माग आकासियो ।

मेयर भन्छन्, विश्वको अन्य भागहरूमा पनि यस्तै प्रवृत्ति देख्न सकिन्छ । अब विश्वमा रबर गोदामको संख्यामा पनि कमी आउने गर्छ । टायर उत्पादकहरूको सूचीमा अहिले पर्याप्त कमी आएको छ ।

सिन्थेटिक रबर पेट्रो रसायनबाट बनाउन सकिन्छ तर यो गुणस्तर र टिकाउमा प्राकृतिक रबरसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुँदैन ।

ठूलो प्रश्न यो हो कि त्यहाँ प्राकृतिक रबरको अभावको पछाडि केही आधारभूत समस्याहरू छन् र ती समाधान गर्न यत्ति सजिलो छैन । यद्यपि यस संकटलाई समाधान गर्न केही आपतकालीन कदमहरू सुरू भएका छन् ।

आधारभूत समस्याहरू

प्राकृतिक रबरको अभाव पूरा गर्न अधिक रूखहरु रोप्नुको विकल्प छैन । जब यसको आपूर्ति कम हुन्छ र मूल्यहरू बढ्न थाल्छन्, किसानहरू अधिक रूख रोप्न उष्ण कटिबन्धीय वर्षा वनहरू काट्न थाल्छन् ।

वारेन थोमस भन्छन् ‘पाम तेलको उत्पादनको नाममा हुने वन फडानीको संख्या पनि ठूलो छ । तर बढी रबरका रूखहरू रोप्नु पनि जैविक विविधताको लागि ठूलो खतराको विषय हो ।

२०११ मा चीनमा प्राकृतिक रबरको बढ्दो मागको कारण दक्षिण पूर्व एशियाली देशहरूमा ठूलो संख्यामा वन फडानी गरियो । कम्बोडियामा मात्र वनको एक चौथाइ भाग यसको लागि काटिएको थियो ।

यसका बाबजुद रबरको उत्पादनमा कैयौं वर्षहरु लाग्ने गर्छ । किनकि रूखहरू तयार हुनै सात वर्ष लाग्छ । अहिले यसको उत्पादन कसरी बढाउन सकिन्छ भन्ने बारेमा खोजी सुरु भएको छ ।

रबरको वैकल्पिक स्रोतहरू खोज्नमा जोड

विकासशील देशहरू धनी हुने बित्तिकै प्राकृतिक रबरको माग बढ्नेछ किनकि यी देशहरूमा धेरै मानिसहरूले कार किन्नेछन् र पक्कै टायरको खपत पनि बढ्नेछ । त्यसो भए प्राकृतिक रबरको उत्पादन र व्यवसायमा परिवर्तनका संकेतहरू पनि छन् ।

ब्रिडगेस्टोन, कन्टिनेन्टल र ग्वियार जस्ता प्रमुख रबर किन्ने कम्पनीहरूले प्राकृतिक रबरको दिगो खेती गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यसले संकटलाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने आकलन गरिएको छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0