पोखरा विश्वविद्यालय पनिकाको सबै सेवा बन्द – Online Khabar


२० वैशाख, कास्की । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि सबै सेवा बन्द गरेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको कारण विश्वविद्यालयको पनिकाबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको हो ।

पनिकाले सूचना जारी गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरस कोभिड-१९ को संक्रमण नेपालमा समेत तीव्र गतिले फैलिइरहेको अवस्थालाई मध्यनजर गरी कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्देशन अनुसार सबै सेवा बन्द गरेको जनाएको छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0