निषेधाज्ञामा थप कडाइ गर्ने र भारतसँगका १३ नाकामात्रै सञ्‍चालन गर्ने सीसीएमसीको निर्णय

एक चौथाई सरकारी कार्यालयमात्र खुल्ने, सञ्चालन हुने उद्योगका मजदुर र कर्मचारी उद्योगभित्रै रहनु पर्ने

निषेधाज्ञामा थप कडाइ गर्ने र भारतसँगका १३ नाकामात्रै सञ्‍चालन गर्ने सीसीएमसीको निर्णय

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निषेधाज्ञा लागू गरिएका जिल्लामा सबै सरकारी कार्यालय सञ्चालन नगरी एक चौथाइ मात्र खोल्ने निर्णय गरेको छ ।

सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

यस्तै भारतसँगका ३५ मध्ये १३ वटा मात्रै नाका सञ्चालन गरी २२ वटा बन्द गर्ने पनि समितिले निर्णय गरेको छ । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0