नेपालको पहिलो विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाटै


काठमाडाैं । नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री माेटरसाइकलकाे बुकिङ खल्ती डिजिटल वालेटबाट सकिने भएकाे छ । यात्री माेटरसाइकलले पहिलाे चरणमा १ हजार बाइककाे बुकिङ लिने छ ।

कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइककाे बुकिङ गर्न सकिने व्यवस्था मिलाएकाे छ । यात्री माेटरसाइकलले खल्तीबाट मात्रै बुकिङकाे भुक्तानी लिने छ ।

कम्पनीले नगद भुक्तानी नलिने जनाएकाे छ । माेटरसाइकलकाे बुकिङ गत शुक्रबारदेखि खुला भइसकेकाे छ ।

यात्री माेटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएकाे विद्युतीय सवारी हाे ।

कम्पनीले सुरुवाती समयमा ‘पी-जेरो’ र ‘पी-वान’ गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । कम्पनीको प्रिमियम बाइक ‘पी-जेरो’ को मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ ।

यस्तै ‘पी-वान’ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीले अहिले अर्डर गरेकाे माेटरबाइक ४ महिनामा उपलब्ध गराउने जनाएको छ ।

No description available.

यात्री पी जेरो मोडलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ ।

सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीकाे दाबी छ ।

यसको तौल १९५ केजी छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल नेपालकाे पहिलाे विद्युतीय माेटरबाइककाे प्रि-बुकिङ प्लेटफर्म खल्तीलाइ बनाउन पाउँदा आफूहरू उत्साहित भएकाे बताउँछन् ।

‘नेपाली विद्युतीय माेटरबाइककाे लामाे प्रतिक्षा गरिरहेका ग्राहकले अब खल्ती माेबाइल एपबाटै त्यसकाे बुकिङ गर्नसक्ने भएका छन्,’ उनले भने, ‘यसरी प्र-बुकिङ गर्न पाउने सुविधा खल्ती वालेटमा मात्रै उपलब्ध छ ।’

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन सकिनुका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या १४ लाख ५० हजारभन्दा बढी छ ।

The post नेपालको पहिलो विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाटै appeared first on Tech News Nepal.



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0