स्टिभ जब्स र अल्बर्ट आइन्सटाइनले यसरी पछ्याउँथे ‘नो टाइम’ अवधारणा


काठमाडाैं । असल रुटिनलाई दैनिकरुपमा कार्यान्वयन गर्नु नै जीवनमा सफलता हासिल गर्ने महत्वपूर्ण तत्व भएको विज्ञान र इतिहासले देखाउँछ ।

तपाईंको दैनिक रुटिन स्वास्थकर र उत्पादनशिल पनि हुनसक्ला । तर कहिलेकाहिँ यही रुटिन ‘हेक्टिक’ बन्न सक्ने र तपाईंभित्रको सृजनशिलतालाई मार्नसक्ने ईङ्क म्यागेजिनको एउटा लेखमा उल्लेख छ ।

सोही म्यागेजिनमा अधिकांश सफल व्यक्तिहरुले आफ्नो जीवनको धेरै समय काम र पैसाको पछाडि खर्चने हुँदा ‘नो टाइम’ मै आफ्नो जीवन बिताउने गरेको उल्लेख छ ।

‘द आर्ट अफ दी इम्पोसिबल’ का लेखक तथा टेड स्पिकर स्टिभन कोट्लरका अनुसार ‘नो टाइम’ मानिसका लागि एउटा शान्तिमय क्षण हो, जहाँ उसले आफूलाई आफैं, अरु र संसारकाे होहल्लाबाट अलग्याएर राख्न सक्छ ।

यसमा अचम्म मान्नुपर्ने केही कुरा छैन । आजभोलि इन्टरनेटमा विहानी रुटिनका बारेमा धेरै लेखहरु हुन्छन् । महत्वपूर्ण तथा चर्चित फिगरहरुले समेत आफ्नो दैनिकीमा कसरी सकारात्मक क्रियाकलापहरु थप गर्दै लग्ने भन्ने विषयमा सुझाव सल्लाहहरु दिइरहेका हुन्छन् ।

एउटा लाभदायी र सन्तोषजनक जीवन प्राप्त गर्न कृतज्ञताको अभ्यास गर्न, प्रकृतिसँग रम्न र आफैसँग जोडिएर बस्ने सुझावहरु दिइने गरिन्छ । अनुसन्धानमै यस्ता क्रियाकलापहरु मानिसका लागि सही हुने पुष्टि भएका छन् ।

यसैगरी वैज्ञानिकहरुले समेत यस्ता रुटिनमा ‘नो टाइम’ आवश्यक हुने संकेत दिएका छन् । किनभने यदि तपाईंले आफ्नो तमाम समय यस्ता अभ्यास र गतिविधिमा बिताउनुभयो भने तपाईंका लागि तपाईंसँग समय हुने सम्भावना क्षीण हुन्छ । 

‘नो टाइम’ का लागि तपाईंको तालिकामा पर्याप्त समय छैन 

‘नो टाइम’ भनेको ‘शान्त समय, होहल्ला र सांसरिक मागबाट मुक्त भएको समय हो,’ कोट्लर भन्छन् ।

उनी अगाडि भन्छन्, ‘नो टाइम एउटा अवधारणा हो, जुन खालीपनको अवधि हो । बिहानको ४ बजेदेखि साढे ७ बजेसम्मको । नो टाइमको अवधि पूर्णरुपमा अँध्यारो अवधि हो, जुन आफूबाहेक कसैका लागि हुँदैन । दिन आउन अझै बाँकी हुन्छ, त्यसैले सर्वोच्च आनन्दका लागि त्यहाँ समय हुन्छ । धैर्यता हुन्छ ।’

डिस्कनेक्सन टाइम ब्लक्सको सृजनशिलतामाथि ठूलो प्रभाव हुने स्नायुविज्ञानले देखाएको कोट्लर बताउँछन् ।

‘प्रेसरले मस्तिष्कलाई डिटेलमा केन्द्रित हुन दबाब दिन्छ, बायाँ हेमेस्पियरलाई एक्टिभेट गर्छ र सम्पूर्ण पिक्चर नै ब्लक गरिदिन्छ । जब हामी दबाबमा हुन्छौं, तब तनावग्रस्त हुन्छौं । हतारसँग हामी बेखुश हुन्छौं, त्यसले हाम्रो मुडलाई खराब बनाउँछ र केन्द्रित भएर बस्नबाट हामीलाई रोक्छ । समयमा सीमित हुनपर्‍यो भने यसले हाम्रो सृजनशिलतालाई असर गर्छ,’ काेट्लर व्याख्या गर्छन् । 

अर्को शब्दमा भन्नुपर्दा ‘नो टाइम’ ले हामीलाई ठूलो तस्वीर हेर्नलाई पर्याप्त समय दिन्छ । हामी रिल्याक्स गर्छौं र हाम्रो मस्तिष्कमा नवीन साेचहरु जन्मन्छन् । 

‘नो टाइम’ प्रति स्टिभ जब्स र अल्बर्ट आइन्सटाइन पनि सहमत

सृजनशिलताको न्यूरोसाइन्समा आफूलाई विज्ञ मान्ने कोट्लरले मात्र होइन, धेरै सफल व्यक्तिहरुले पनि ‘नो टाइम’ को अवधारणालाई यसरी नै बुझेका छन् । अल्बर्ट आइन्सटाइनले पनि यो कुरा धेरैपटक स्वीकार गरिसकेका छन् ।

उनको दिमागमा धेरै मूल्यवान आइडिया तब फुर्ने गर्दथे, जब उनी केही काम पनि नगरी आफ्नै ‘नो टाइम’ मा रमाइरहेका हुन्थे । अर्का हस्ति स्टिभ जब्सको पनि यही विश्वास थियाे ।

यी दुवै प्रतिभाशाली व्यक्तिहरुले त्यस्तो समयमा फुरेका आफ्ना आइडियालाई कार्यान्वयनमा ल्याएर महान् काम गरेका छन् ।

तर ‘नो टाइम’ ले मात्र तपाईंको विश्वलाई परिवर्तन गर्न सक्दैन । यो त एउटा महत्वपूर्ण तत्व हो । समग्रभित्रको एउटा सानो भाग मात्र हो । तर जब तपाईं आफ्नो विहानी तालिका बनाउँदै हुनुहुन्छ, तब ‘नोटाइम’ लाई आवश्यक पर्ने ध्यान तपाईंले कहिल्यै पनि दिन सक्नुहुन्न ।

तर, यसलाई तपाईंले अवश्य पनि आफ्नो दैनिक जीवनमा प्रयोग भने गर्नुपर्छ । यसो गरेर हेर्नुहोस्, तपाईंले आफूमा परिवर्तन देख्नुका साथै आफ्नै सफल भर्सन अगाडि पाउनुहुनेछ । 

आन्ट्रप्रेनियर डटकमबाट





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0