एक वर्षका लागि अब क्यूआर कोडसहितको ड्राइभिङ लाइसेन्स


काठमाडौं । सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि सरकारले छुट्टै लाइसेन्स जारी गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले एक वर्ष अवधिका लागि मान्य हुने गरी कार्ड जारी गर्न लागेको हो ।

विभागका निर्देशक नमराज घिमिरेले टेकपानासँगको कुराकानीमा क्यूआर कोडसहितको छुट्टै कार्ड ल्याउन लागेको जानकारी दिए । ‘एक वर्षको परीक्षण अवधिका लागि अब छुट्टै लाइसेन्स जारी गर्ने तयारी गरेका छौं । हामीले छिट्टै आधिकारिक रुपमा जानकारी उपलब्ध गराउँछौं,’ उनले भने ।

उनका अनुसार ट्रायल पास गरेका चालकले एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स पाउने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ । यस्तो कार्डमा ट्राफिकले ५ वटाभन्दा बढी प्वाल पारे स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरेपछि आफू लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने महानिर्देशक घिमिरे बताउँछन्।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0