प्रियंकाको पहिरनको चर्चा

Auto Draft

नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ । यो चलचित्र बाहेक उनलाई लकडाउनपछि कुनै पनि चलचित्रको अफर गएको छैन । तर, पनि प्रियंका मिडियाको लाइमलाइटमा भने सधै रहिरहन्छिन् ।

उनै, नायिका आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा छन् । माल्दिभ्समा पुगेकी नायिका कार्की फेरि चर्चामा छिन् । यसपटक पनि उनको चर्चा पहिरनकै कारणले भएको हो ।

नायिकाले सार्वजनिक गरेका विभिन्न तस्वीरमा उनी विन्दास मुडमा देखिएकी छिन् । प्रियंका बसेको माल्दिभ्सको होटलले सार्वजनिक गरेको तस्वीरमा उनी हट अवतारमा देखिएकी छिन् ।

प्रियंकाको यसपटक पनि पहिरनकै चर्चा भएको छ । यसअघि उनी ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुग्दा होस् या विभिन्न कार्यक्रमका लागि विदेश पुग्दा नै किन नहोस्, उनको पहिरनको नै चर्चा भएको थियो ।

प्रियंका चर्चामा रमाउन चाहने नायिका हुन् । बिहेपछि उनको चर्चा सेलाएको थियो । उनै, नायिका फेरि एकपटक पहिरनका कारण लाइमलाइटमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0